काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।
आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।
अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ ।
अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















