काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले घोषणा गरेको सहयोग प्याकेज दुई खर्ब ४४ अर्ब नेपाली रुपैयाँ ‘आकाशको फल आँखा तरि मर’ भन्ने नेपाली उखान जस्तै हुने संकेत देखिएको छ ।
नेपाललाई भारतले जम्मा ५६ अर्ब अनुदान सहयोग गरेको पाइएको छ भने बाँकी १ खर्ब ४४ अर्ब ऋण सहयोग घोषणा भएको थाहा भएको छ ।
अर्थात नेपालीको थाप्लोमा १ खर्ब ४४ अर्ब अरु बैदेशिक ऋण थपिएको छ ।
यसभन्दा अघि पनि यस्ता सहयोगका घोषणा भएका थिए ।
सन् २०१५ को भूकम्पपछि प्राप्त सहायता रकमसमेत पूर्ण रूपमा उपयोग गर्न नसकेको विगतको अनुभव र भारत तथा चीनबीच सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने चुनौतीका कारण नयाँ प्रतिबद्धता वास्तवमै कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठेको छ ।
सन् २०७२ को भूकम्पपछि भारतले नेपालको पुनर्निर्माणका लागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
तर, सहुलियतपूर्ण ऋणको ठूलो हिस्सा उपयोग हुन सकेन ।
यसको प्रमुख कारण भारतले राखेका सर्तहरू थिए ।
ती सर्तमध्ये भारतीय सामग्री, सेवा र कम्पनीको प्रयोग गर्नुपर्ने प्रावधान पनि थियो ।
यस्ता सर्तका कारण धेरै परियोजना अघि बढाउन कठिन भयो ।
विशेषगरी देशभर सञ्चालन गर्नुपर्ने साना तथा स्थानीय स्तरका परियोजनाहरू प्रभावित भए ।
यसले स्थानीय श्रमिकका लागि रोजगारी सिर्जना गर्ने अवसरसमेत सीमित ग¥यो ।
सन् २०१६ को सेप्टेम्बरमा नेपालले भारतीय एक्जिम बैंकसँग ७५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण परिचालन गर्ने सम्झौता गरेको थियो ।
यसका अतिरिक्त २५० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने व्यवस्था थियो ।
सम्झौताअनुसार कम्तीमा ७५ प्रतिशत सामग्री, उपकरण तथा सेवाहरू भारतबाटै खरिद गर्नुपर्ने र नागरिक पूर्वाधार निर्माणमा प्रयोग हुने ५० प्रतिशत सामग्री भारतबाटै ल्याउनुपर्ने प्रावधान राखिएको थियो ।
विगतमा विद्यालय तथा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणमा समेत यस्तै समस्या देखिएका थिए ।
उदाहरणका लागि, काठमाडौंस्थित अमृत साइन्स क्याम्पस अझै पनि भूकम्पबाट क्षतिग्रस्त र असुरक्षित ठहरिएका भवनमा कक्षा सञ्चालन गर्न बाध्य छ ।
भारतीय सहयोगमा पुनर्निर्माण गरिने संस्थाको सूचीमा यो क्याम्पस पनि समावेश थियो ।
यस्तै समस्या त्रिभुवन विश्वविद्यालयका ३९ वटा संरचनामा पनि देखिएको छ ।
ऋण रकम परिचालन हुन नसक्दा ती परियोजना लामो समयदेखि रोकिएका छन् ।
नेपाल सरकारले प्रक्रिया सरल बनाउन र काठमाडौंमा भारतीय एक्जिम बैंकको सम्पर्क कार्यालय स्थापना गर्न आग्रह गरेको थियो ।
तर, ती प्रयासले अपेक्षित परिणाम दिन सकेनन् ।
अहिले पनि भारत सहुलियतपूर्ण ऋण सहयोग दिने संरचनामा कुनै परिवर्तन भएको छैन ।
बाढीबाट क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण, पूर्वाधारको पुनरुत्थान र वैदेशिक व्यापारको लागत घटाउने विषय नेपाली प्रधानमन्त्री बालेन्द्र ‘बालेन’ शाहको पहिलो औपचारिक भारत भ्रमणका क्रममा प्रमुख प्राथमिकताका रूपमा उठेका छन् ।
उनले नोभेम्बर २२ र २३ मा नयाँदिल्लीको भ्रमण गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले बाढीपछिको पुनर्निर्माण र विभिन्न विकास परियोजनाका लागि २४० अर्ब नेपाली रुपैयाँ (करिब १.६ अर्ब अमेरिकी डलर) बराबरको सहायता प्याकेज घोषणा गरेको छ ।
तर, काठमाडौंमा एउटा महत्वपूर्ण प्रश्न अझै कायम छ– यो स्रोतसाधनको कति हिस्सा वास्तवमै कार्यान्वयनमा परिणत हुनेछ ।
नयाँ सहायता प्याकेज कार्यान्वयनको चुनौती
नेपालले पछिल्ला वर्षहरूमध्येकै कठिन पुनर्निर्माण अभियानको सामना गरिरहेका बेला नयाँ सहायता प्याकेजले पनि विगतकै समस्या दोहो¥याउने जोखिम छ ।
हिमाली क्षेत्रमा आएको बाढी र पहिरोका कारण १ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने हजारौँ अझै बेपत्ता छन् ।
सरकारी अनुमानअनुसार प्रभावित क्षेत्रको पुनर्निर्माणमा ४.८ अर्ब अमेरिकी डलरसम्म खर्च लाग्न सक्छ ।
बाढीले एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएको छ ।
यसका कारण विद्युत् उत्पादन क्षमता करिब १० प्रतिशतले घटेको छ र ऊर्जा निर्यातसमेत रोकिएको छ ।
त्यसैले नेपालको आर्थिक पुनरुत्थानका लागि ऊर्जा क्षेत्रलाई दिइने सहयोग विशेष महत्त्वको विषय बनेको छ ।
मोदी सरकारले घोषणा गरेको सहायता प्याकेज १५० अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १।६ अर्ब अमेरिकी डलर बराबरको छ ।
यसमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३५ अर्ब भारतीय रुपैयाँ (करिब ३८ करोड अमेरिकी डलर) अनुदान र ऊर्जा क्षेत्रका परियोजनालाई सहयोग गर्न ११५ अर्ब भारतीय रुपैयाँ ९करिब १ अर्ब २४ करोड अमेरिकी डलर० बराबरको ऋण सुविधा समावेश छ ।
यी स्रोत परिचालन गर्न कुन–कुन परियोजना छनोट गर्ने र कार्यान्वयनको प्रक्रिया कस्तो हुने भन्ने विषय नेपाल र भारत सरकारबीच थप छलफल गरेर टुंग्याइनेछ ।






















