काठमाडौं – पोर्टो रिकोकी जेनिफर ब्यारेटोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन् । प्रतियोगिताको ७५औँ संस्करणमा विजेता बनेसँगै उनले घरेलु भूमिमै मिस युनिभर्सको ताज पहिरिने इतिहास रचेकी छन् ।
प्रतियोगिता मंगलबार राति पोर्टो रिकोको राजधानी सान जुआनस्थित जोस मिगुएल अग्रेलोट कोलिजियममा आयोजना भएको थियो ।
मिस युनिभर्स २०२५ की विजेता मेक्सिकोकी फातिमा बोशले जेनिफरलाई आफ्नो उत्तराधिकारीका रूपमा ताज पहिराइदिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्






















