काठमाडौं– यमनको सादा सहरको पूर्वी क्षेत्रमा चारवटा हवाई आक्रमण भएका छन् ।
हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले उक्त क्षेत्रमा चारवटा हवाई हमला भएको जनाएका छन् ।
साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टको एक टावरलाई लक्षित गरी ड्रोन आक्रमण भएको एक दिनपछि यमनमा हवाई हमला भएको हो ।
उक्त ड्रोन आक्रमणमा ११ जना घाइते भएका थिए ।
साउदी सेनाका प्रवक्ता मेजर जनरल तुर्की अल मलिकीले उक्त आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
सन् २०१५ देखि साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै हुथी विद्रोहीविरुद्ध सैन्य गठबन्धनको नेतृत्व गर्दै आएको छ ।
इराननिकट मानिने हुथी समूहले सन् २०१४ मा यमनको राजधानी साना र देशका अन्य भू–भाग कब्जा गरेको थियो ।
त्यसयता यमनमा सरकारी पक्ष र हुथी विद्रोहीबीच द्वन्द्व जारी छ ।






















