images
images
  • डिग्रे मेलामा हजारौँ दर्शनार्थीको घुइँचो

    काठमाडौं – रुकुमपश्चिमको प्रसिद्ध डिग्रे मेलाको प्रमुख दिन मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा मंगलबार भव्य मेला लागेको छ । मेलामा हजारौँ दर्शनार्थीको घुइँचो लागेको छ । हरिबोधनी एकादशीदेखि सुरु भएको डिग्रे मेला कार्तिक पूर्णिमासम्म सञ्चालन हुन्छ । मेलामा मयूर, सिँगारु, पैसेरु लगायतका विभिन्न परम्परागत नाच प्रस्तुत गरिन्छन् । यसका साथै सगाल नाच पनि मेलाको आकर्षणका रूपमा रहने गरेको छ ।

    मेलाको अवसरमा एकादशीदेखि पूर्णिमासम्म डिग्रे मन्दिरमा विशेष पूजाआजा गरिन्छ। यस अवधिमा भक्तजनले बलिसमेत चढाउने परम्परा छ । तर एकादशी र पूर्णिमाका दिन भने बलि नचढाई पूजाआजा मात्रै गर्ने चलन रहेको छ ।

    डिग्रे शाइकुमारी मन्दिरमा पूजा, दर्शन र बलि चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण हरेक वर्ष यहाँ टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । धार्मिक आस्था र स्थानीय संस्कृति जोडिएको यो मेलाले परम्परागत नाच तथा सांस्कृतिक गतिविधिको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images