काठमाडौं – नेपाल आयल निगमले बजारको मागअनुसार खाना पकाउने एलपी ग्यासको आयात बढाउन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले उद्योगहरूलाई पत्राचार गर्दै ग्यासको आपूर्ति व्यवस्था सहज, नियमित र प्रभावकारी बनाउन विभिन्न निर्देशन दिएको हो ।
निगमले सबै एलपी ग्यास उद्योगलाई बजारको मागअनुसार ग्यास आयात अधिकतम रूपमा बढाउन आग्रह गरेको छ । त्यसैगरी, उद्योगको भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्न र भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाएर आपूर्ति प्रणालीमा ल्याउन पनि निर्देशन दिएको छ ।
ग्यासको आयात, भण्डारण र वितरणलाई प्रभावकारी बनाउँदै बजारमा मागअनुसार आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले निगमले यस्तो निर्देशन दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















