ललितपुर– ललितपुरको गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य बिना नगरकोटीसहित विभिन्न कम्युनिस्ट दलका स्थानीय नेताहरू नेपाली कांग्रेस मा प्रवेश गरेका छन् ।
वडा नं. २ विशंखुनारायणमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार उदयशमशेर राणा ले नवप्रवेशीहरूलाई टीका–माला लगाएर स्वागत गरे ।
पार्टी प्रवेश गर्नेमा निता बिसुङ्खे, राजन विष्ट, दिनेश विष्ट र सनम खत्री लगायत रहेका छन् ।
कार्यक्रममा नेताहरूले कांग्रेसप्रति युवाको आकर्षण बढेको र आगामी निर्वाचनमा पार्टीको अवस्था बलियो हुने दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























