काठमाडौं– ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
विमानस्थल गेटमा समर्थकहरूले नाराबाजीसहित उनको स्वागत गरेका छन् भने शाहले गाडीबाट हात हल्लाउँदै अभिवादन स्वीकार गरेका छन् ।
समर्थकहरू उनलाई र्यालीसहित निर्मल निवास पुर्याउने तयारीमा छन् ।
हाम्रो राजा हाम्रो देश’ लगायतका नारा लगाइरहेका समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ ।
यसबीच स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थलभित्रै स्वागत गरेका थिए ।
सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्























