images
images
  • पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आउँदै, के छ तयारी ?

    काठमाडौं– ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौं आउने भएका छन् ।

    यसअघि उनी बुद्ध एयरको विमानबाट आउने तयारी भए पनि मौसमका कारण उडान ढिला हुने भएपछि हेलिकप्टर रोजिएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।

    सुरक्षा अधिकारीका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गरी करिब १ घण्टा १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यक्रम छ ।

    यसैबीच राजावादी समूहले विमानस्थल क्षेत्रमा स्वागतका लागि भीड जम्मा गर्ने तयारी गरेपछि सम्भावित अवाञ्छित गतिविधि रोक्न प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images