images
images
  • डोल्मालाई झण्डै ८८ करोड कर छुट गर्न अर्थ मन्त्री र महान्यायाधिवक्ताबीचको सेटिङ, सर्वोच्चले लगायो ब्रेक

    काठमाडौं- सरकारले विभिन्न शक्तिसँग साँठगाँठ गर्दै डोल्मा इम्प्याक्ट फन्डबाट राज्यकोषमा आउनुपर्ने झण्डै ८८ करोड रुपैयाँ पुँजीगत लाभकर छुट दिन गरेको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ ।

    सर्वोच्चले डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने कुनै निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

    न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले यसअघि एकल इजलासबाट जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै डोल्मा इम्प्याक्टलाई पुँजीगत लाभकर नतिरी कुनै पनि रकम विदेश लैजान नपाउने गरी रोक लगाएको हो ।

    ‘ट्याक्स हेभेन कन्ट्री’को रूपमा रहेको मौरिससमा दर्ता भएर नेपालका विभिन्न कम्पनीमार्फत लगानी गर्दै आइरहेको डोल्मा इम्प्याक्ट फन्डले सरकारका मन्त्री, महान्यायाधिवक्ताको कार्यालय तथा प्रशासकहरूलाई प्रभावमा पारेर झण्डै ८८ करोड राजस्व छली गर्न सफल भएको थियो ।

    यो फन्डका संस्थापक तथा सीईओ बेलायती नागरिक टिम गोचरले विभिन्न सेयर लगानी गरी सो को बिक्रीबाट आर्जित नेपालमा बुझाउनुपर्ने पुँजीगत लाभकर छली गर्न अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, महान्यायाधिवक्ता कार्यालय, केही बहालवाला सचिव र सहसचिवहरू, सरकारका पूर्व सचिव, विभिन्न देशका राजदूतहरूदेखि अन्तर्राष्ट्रिय शक्तिसमेत प्रयोग गरेको खुलासा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images