images
images
  • सातै प्रदेशको कार्यसम्पादन कमजोर देखियो

    काठमाडौं- आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

    आयोगले गरेको कार्यसम्पादन मूल्यांकनअनुसार सातै प्रदेशको कार्यसम्पादन कमजोर देखिएको छ ।

    लेखापरीक्षणबाट औंल्याइएको बेरुजुको अवस्था, प्रदेशले स्थानीय तहलाई प्रदेश काननुबमोजिम तोकेको आधारमा अनुदान प्रदान गरे वा नगरेकोलगायत सूचक राखिएको थियो ।

    वित्त आयोगले ११ वटा सूचकांकमा गरेको कार्यसम्पादन मूल्यांकनमा सातवटै प्रदेश कमजोर देखिएको छ । बिहीबार सार्वजनिक गरेको प्रदेश र स्थानीय तहको कार्यसम्पादन सूचक मूल्यांकनअनुसार कुनै पनि प्रदेशले ५० प्रतिशत अंक कटाउन सकेका छैनन् ।

    आयोगको नतिजाअनुसार पहिलो नम्बरमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिमले ४५ दशमलव ७० अंक पाएको छ ।

    दोस्रो स्थानमा कोशी छ । कोशीले ४४ दशमलव २९ अंक पाएको छ ।

    तेस्रो स्थानमा रहेको बागमतीले ४२ दशमलव ४६ अंक पाएको छ भने चौथो स्थानमा रहेको गण्डकीले ३७ दशमलव ९१ अंक पाएको छ ।

    सबैभन्दा कमजोर मधेश प्रदेश छ । मधेशले २७ दशमलव २८ अंक पाएको छ ।

    प्रदेशका हकमा कुल ११ सूचक आधार

    -पहिलो सूचकमा आव २०८०/८१ को कुल लेखापरीक्षणबाट देखिएको बेरुजु अवस्था लिइएको छ ।

    -दोस्रो सूचक प्रदेशले स्थानीय तहलाई कानुनअनुसार ससर्त अनुदान दिएरनदिएको आधार मानिएको छ ।

    -तेस्रो सूचक २०८१र८२ मा सवारीसाधन करबापत बाँडफाँट गरिएको ४० प्रतिशत रकम प्रदेशले मासिक स्थानीय सञ्चित कोषमा दिएरनदिएकोलाई मानिएको छ ।

    -चौथो सूचकमा सोही आवमा विनियोजन गरिएको बजेट खर्चको अवस्था लिइएको छ ।

    -पाँचौंमा सोही आवमा राजस्व परिचालन अवस्था लिइएको छ ।

    -यसबाहेक स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान विवरण चैतसम्म दिए वा नदिएको

    -आगामी आवको आयव्ययको प्रक्षेपित विवरण पुस मसान्तसम्म अर्थ मन्त्रालयमा दिए वा नदिएको

    -गत आवको बजेटको वार्षिक समीक्षा गरे वा नगरेको,

    -स्थानीय तहमा वायुको गुणस्तर

    -वन क्षेत्रले ढाकेको क्षेत्रफल वृद्धि प्रतिशत

    -अनलाइन पोर्टलमा सूचक समयमै राखे वा नराखेको विषयलाई समेत मूल्यांकनको सूचक मान्ने गरिन्छ ।

    आयोगका अनुसार यो अंकमा चित्त नबुझे आयोगमा आधार र प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images