images
images
  • पोखरामा जथाभावी फोहोर फाल्नेलाई १ लाख जरिवाना, पत्रिकामा नाम सार्वजनिक गरिने चेतावनी

    काठमाडौं- पोखरा महानगरपालिकामा जथाभावी फोहोर फाले १ लाख जरिवाना तिर्नुपर्ने भएको छ ।

    मेयर धनराज आचार्यका अनुसार केही समयदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठाउने गाडी तालिका बनाएर टोलमा पठाउन थालिएको छ ।

    केही दिनभित्रै सबै फोहोर व्यवस्थापन भइसक्ने भन्दै उनले घरबाहिर फोहोर नफाल्न आग्रह गरेका छन् ।

    ‘महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनामा काम गरिरहेका छौँ,’ उनले भने, ‘धेरै दिनदेखि फोहर जम्मा भएकाले सुरुका १-२ दिन केही चाप पर्न सक्छ ।’

    हानगरपालिकाले फोहर व्यवस्थापनमा कडाइ गर्दै आइतबारदेखि विशेष निगरानी गर्ने भएको छ ।

    ‘सिसी क्यामेरा फुटेजको आधारमा फोहोर फालेको पहिचान भएमा न्यूनतम ५ हजारदेखि १ लाखसम्म जरिवाना हुनेछ,’ सूचनामा उल्लेख छ ।

    जरिवाना तिर्ने व्यक्ति वा संस्थाको नाम राष्ट्रिय दैनिक पत्रिका, महानगरको आधिकारिक फेसबुक पेज र वेबसाइटमा समेत सार्वजनिक गरिने चेतावनी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images