images
images
  • दैलेख जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

    दैलेख– दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास भण्डारण रहेको पुष्टि भएको छ ।

    चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदनमा यस्तो तथ्य सार्वजनिक भएको हो ।

    खानी तथा भूगर्भ विभागका अनुसार प्रारम्भिक अनुमानभन्दा धेरै ठूलो परिमाणमा ग्यास फेला परेको हो ।

    यद्यपि व्यावसायिक उत्खनन सम्भावना भने ‘वेल टेस्टिङ’पछि मात्र स्पष्ट हुने विभागले जनाएको छ ।

    परीक्षणपछि मात्र कति ग्यास निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्ने टुङ्गो लाग्नेछ ।

    नेपाल सरकार र चीनबीच रु २ अर्ब ४० करोड सहयोगमा पेट्रोलियम अन्वेषण सम्झौता भएको थियो ।

    सोहीअनुसार सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्वे सम्पन्न भइसकेका छन् ।

    विज्ञहरूका अनुसार दैलेखमा भेटिएको ग्यास ‘शेल वा टाइट ग्यास’ प्रकृतिको भएकाले उत्खनन चुनौतीपूर्ण हुन सक्छ। २०७६ असोजदेखि सुरु भएको अन्वेषण अहिले स्थानीय राजनीतिक एजेण्डा समेत बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images