काठमाडौं– अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरकै ७ सय ५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा शीर्ष स्थानमा पुगेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार पाणिनिले ८३.८४ अंक प्राप्त गरेको छ ।
देशभरि ८० अंक कटाउने चार स्थानीय तहमध्ये एक अर्घाखाँचीको पाणिनि, गुल्मीका मालिका र धुर्कोट, र रुकुम पश्चिमको चौरजहारी रहेका छन् ।
चौरजहारी ८२.१५ अंकसहित दोस्रो, मालिका ८१.९८ अंक र धुर्कोट ८०.५२ अंकसहित उत्कृष्ट सूचीमा छन् ।
आयोगले स्थानीय तहलाई १७ सूचकमा मूल्यांकन गरेको थियो, जसमा बजेट समयमै सार्वजनिक/पास गर्नु, घरजग्गा र मनोरञ्जन करमा प्रदेश सरकारलाई ४०% रकम मासिक दाखिला गर्नु, बजेट प्रक्षेपण तथा समीक्षा, राजस्व परिचालन, विद्यार्थी भर्ना र टिकाउ दर, एसईई नतिजा, खोप लगाएका बालबालिकाको अनुपात लगायत समावेश छन् ।
मधेस प्रदेशका अधिकांश स्थानीय तहको अंक कमजोर देखिएको छ ।
धनुषाको धनौजी ३१.८१, महोत्तरीको सोनमा ३५, सर्लाहीको चन्द्रनगर ३५.१६, र रौतहटका फतुवा विजयपुर ३५.४१ अंक प्राप्त गरेका छन् ।
वृन्दावन ३१.६९, देवाही गोनाही ३०.९१ र पर्साको धोबिनी ३२.८८ अंकमा रहे ।























