काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले गद्दार गरेको अभिव्यक्ति दिएका छन् ।
नेपालले गद्दार गरेकाले पार्टीमा कुनै ठाउँ नभएको ओलीले बताए । आज बुधबार बालुवाटार छाडेर बालकोट पुगेपछि उनले आफ्नो सरकार ढाल्न नेपालले अगुवाइ गरेको बताउँदै आत्मालोचना गरेर आए पनि ठाउँ नदिने बताए।
‘अरूले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ छ तर, माधव नेपालको हकमा त्यो सम्भव छैन।’ उनले भने, नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने अनि आत्मालोचना गर्ने कुनै ठाउँ छैन।’
नेपालले आत्मालोचना गर्ने कुनै ठाउँ छैन
अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको बताएका छन् । उनले अरुले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो सम्भव नभएको बताए ।
बालुवाटारबाट बालकोट पुगेका उनले समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’


विश्व खबर 




















