images
images
  • फेरी सञ्चालनमा आयो कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट

    काठमाडौं- कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।

    २४ भदौको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले अन्य स्टोरसँगै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत आगजनी गरेका थिए।

    उक्त क्षतिग्रस्त सुपरस्टोर मर्मपश्चात् भाटभटेनीले पुनः सञ्चालनमा ल्याएको हो। बिहीबार एक कार्यक्रमका बिच कम्पनीले सुपरस्टोरको औपचारिक शुभारम्भ गरेको थियो।

    आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images