images
images
  • दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत काठमाडौं आएका उनीहरूलाई मङ्गलबार राति पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार महिलाहरूले मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको अवस्थामा उक्त पदार्थ बरामद गरिएको हो । बरामद पदार्थको परीक्षण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images