काठमाडौं – प्रहरीले पर्साको वीरगन्जबाट भन्सार छली गरी भित्र्याइएका २२ लाख दुई हजार ७०० रुपैयाँ बराबरका सामानसहित तीनवटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगन्ज महानगरपालिका–१० रानीघाटबाट भारतबाट भन्सार छली चोरीपैठारी गरी ल्याइएका चार लाख २३ हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो ।
त्यसैगरी, तीनवटा गाडीमा भन्सार छली गरी ल्याउँदै गरेको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान र नियन्त्रणमा लिइएका तीनवटै गाडी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















