images
images
  • जन्ती बस दुर्घटना : मृतक परिवारलाई बित्थडचिर गाउँपालिकाले एक लाख दरले क्षतिपूर्ति दिने

    काठमाडौं- बझाङको बित्थडचिर गाउँपालिकाले बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने भएको छ ।

    गाउँपालिकाले एक सूचना जारी गर्दै मृतकका परिवारलाई एक लाखका दरले क्षतिपूर्ति दिने जनाएको छ ।

    बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।

    दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images