images
images
  • जन्ती बस दुर्घटना : सवारी धनी र समितिले चासो नराखेको भन्दै मुख्य सडकमा आगो बालेर अवरुद्ध

    काठमाडौं- बिहीबार राति बैतडी पुर्चौँडी नगरपालिका–७ बडगाउँको मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने तीन दर्जन बढी घाइते छन् ।

    दुर्घटनाको झन्डै २० घण्टा पुगिसक्दा पनि सवारी धनी र यातायात समितिका प्रतिनिधिहरूले घटनामा चासो नराखेको भन्दै बझाङमा सडक अवरुद्ध गरिएको छ । वित्थडचिर गाउँपालिकाको देउलेखमा मृतकका तथा घाइतेका आफन्त तथा परिवारका सदस्यहरूले सडक अवरुद्ध गरेका हुन् ।

    ‘हिजो राति ७ बजे घटना भएको छ अहिलेसम्म गाडी साहु आउनु पर्दैन, समिति आउनु पर्दैन रु अरू बेला समितिले कुराकानी गरिरहेको हुन्छ अहिले खै आएकोरु’ मृतकका आफन्त वीर बहादुर बोहराले भने ‘हिजो रातभरि हामीले शव कुरेको जस्तै आज रातभरि हामी सडक अवरुद्ध गर्छौ । समितिका प्रतिनिधि नआएसम्म सडक खोल्दैनौँ ।’

    र घाइतेका आफन्त तथा परिवारका सदस्यहरूले यस्तो बेला पनि समिति गम्भीर नभएको, घटनास्थलमा नपुगेको आरोप लगाइरहेका छन् ।

    उनीहरूले मुख्य सडकको बिच भागमा आगो बालेर सडक अवरुद्ध गरेका छन् । पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images