images
images
  • पोखरा विमानस्थलमा भ्रष्टाचार : विशेष अदालतको आदेश बदर माग गर्दै सर्वोच्च गयो अख्तियार

    काठमाडौं- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपित नागरिक उड्डयन प्राधिकरणका पूर्व उपनिर्देशक ऋषिकेश शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न दिएको आदेश बदरको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको छ ।

    आयोगले विशेष अदालतको आदेश बदर गरी प्रतिवादी बनाइएका शर्मालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेको छ । अख्तियारले शर्मालाई विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) बमोजिम थुनामै राखेर मुद्दा अघि बढाउन माग गरेको छ ।

    अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा लागत अनुमान अस्वाभाविक रूपमा बढाएर राज्यलाई ठुलो आर्थिक हानी पुर्‍याइएको छ ।

    शर्मासहितको प्रतिवादीको मिलेमतोमा पोखरा अन्तराष्ट्रिष क्षेत्रीय विमानस्थल निर्माणका क्रममा स्वीकृत लागत अनुमान ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बढी देखाएर सम्झौता गराएको अख्तियारको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images