images
images
  • पाकिस्तानमा मस्जिदमा विस्फोट हुँदा ३० भन्दा बढीको मृत्यु, १६० भन्दा बढी घाइते

    काठमाडौं- पाकिस्तानको राजधानी इस्लामवादस्थित शिया मस्जिदमा शुक्रबारको नमाजका क्रममा भएको विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । यस घटनामा १६० भन्दा बढी घाइते भएको बताइएको छ ।

    विस्फोट टार्लाई क्षेत्रमा रहेको इमामबारगाह खदिजातुल कुब्रा मस्जिदमा भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । घटना लगत्तै इस्लामवादका तीन प्रमुख अस्पतालमा आपतकाल घोषणा गरिएको छ । यहाँ घाइतेहरूको उपचार जारी छ ।

    घटनास्थलको प्रमाणित भिडियोमा मस्जिद परिसरभर जुत्ता छरिएको, मानिसहरू भुइँमा लडिरहेका तथा कतिपयले उद्धारका लागि गुहार गरिरहेको देखिन्छ । विस्फोटको कारण अझै आधिकारिक रूपमा पुष्टि भएको छैन । तर प्रारम्भिक रिपोर्टहरूका अनुसार यो आत्मघाती आक्रमण हुन सक्ने आशङ्का गरिएको छ ।

    सुरक्षा निकायले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको जनाएको छ । घटनापछि मस्जिद वरपरको क्षेत्रमा सुरक्षा कडा पारिएको छ भने उद्धार कार्य जारी छ । -एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images