images
images
  • कांग्रेस–नेकपाले तालमेल नगर्ने भएपछि एमाले अध्यक्ष ओली र महासचिव पोखरेल धरापमा

    काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि खास क्षेत्रहरूमा चुनावी तालमेल गर्ने एमालेको प्रयास असफल हुने संकेत देखिएको छ ।

    कांग्रेस र नेकपाले तालमेलको प्रस्ताव अस्वीकार गरेपछि एमाले अप्ठेरोमा परेको हो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका शेरबहादुर देउवा र नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तालमेलको प्रस्ताव राखेका थिए ।

    तर, दुवै दलले निर्वाचनअघि गठबन्धन नगर्ने स्पष्ट अडान लिएका छन् ।

    सभापति गगन थापा नेतृत्वको कांग्रेसले पत्रकार सम्मेलनमार्फत नै १६५ वटै क्षेत्रमा एक्लै चुनाव लड्ने घोषणा गरिसकेको छ भने नेकपाले पनि पार्टी बैठकमै तालमेल नगर्ने निर्णय सुनाइसकेको छ ।

    एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भने देश जलाउने शक्तिविरुद्ध जाने दलसँग आवश्यक परे सहकार्य हुनसक्ने बताएका छन् ।

    प्रलोपासँग सहकार्यको सहमति भइसकेको दाबी पनि एमालेले गरेको छ ।

    तर, कांग्रेस, नेकपा र राप्रपाले तालमेल नगर्ने अडान नफेरे एमालेको योजना सफल नहुने देखिन्छ ।

    विशेषगरी ओलीको झापा–५ र महासचिव शंकर पोखरेलको दाङ–२ मा तालमेलको खोजी तीव्र रहे पनि अन्य दल सकारात्मक नदेखिँदा एमाले एक्लै प्रतिस्पर्धामा उत्रन बाध्य हुने अवस्था बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images