images
images
  • देउवा, सिटौला, खड्का र कोइराला लगायतका शीर्ष नेताहरू नै कांग्रेसलाई हराउने रणनीतिमा

    काठमाडौं– चुनावी माहोल चर्किँदै जाँदा नेपाली कांग्रेसका केही प्रभावशाली नेताहरू भने अस्वाभाविक रूपमा मौन देखिएका छन् ।

    उनीहरू न सामाजिक सञ्जालमा सक्रिय छन्, न त घरदैलो अभियानमै देखिएका छन् ।

    विशेष महाधिवेशनपछि उनीहरू अझै राजनीतिक ‘ट्रमा’मा रहेको आकलन गरिएको छ, यद्यपि निर्वाचनविरुद्ध कुनै अभिव्यक्ति दिएका छैनन् ।

    निवर्तमान सभापति शेरबहादुर देउवा, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह, डा. शशांक कोइराला र कृष्ण सिटौला चुनावी कार्यक्रममा खासै देखिएका छैनन् ।

    काठमाडौं–१ मा यसपटक प्रकाशमान सिंहको साटो प्रवल थापालाई उम्मेदवार बनाइएको छ ।

    सिंहले थापालाई आशीर्वाद र शुभकामना दिएको बताइए पनि प्रचारमा ननिस्किएको निकट स्रोतको भनाइ छ ।

    देउवा पनि विशेष महाधिवेशनयता औपचारिक रूपमा मौन छन् र सार्वजनिक गतिविधि घटाएका छन् ।

    डा. शशांक कोइराला टिकट नपाएपछि असन्तुष्ट भए पनि औपचारिक प्रचार सुरु भएपछि नवलपुर जाने तयारीमा छन् ।

    पूर्णबहादुर खड्काले चुनाव नलड्ने घोषणा गरेपछि अभियानमा देखिएका छैनन्, जबकि उनका भाइ सुर्खेत–२ बाट उम्मेदवार छन् ।

    कृष्ण सिटौला पनि झापा–३ लगायत निर्वाचन गतिविधिमा खुलेर सक्रिय देखिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images