images
images
  • देउवा सरकारलाई कांग्रेस वरिष्ठ नेता पौडेलले दिए ६ बुँदे सुझाव

    काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ६ बुँदे सुझाव दिएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई बधाई र शुभकामना दिँदै पौडेलले यस्तो सुझाव दिएका हुन्।

    यस्ता छन् पौडेलका सुझाव–

    -आमनागरिकमा आशा जगाउनका लागि नयाँ सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ।

    -आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टिले अबको सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्छ ।

    -भ्रष्टाचारलाई शून्यसहनशीलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्छ। भ्रष्टाचारको निष्पक्ष छानविनका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छायाबाट मुक्त गराउनुपर्छ।

    -अबको सरकारले ओली सरकारले गरेको असंवैधानिक नियुक्तिको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्छ।

    -सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आमनागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ।

    -संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images