images
images
  • रास्वपा उम्मेदवारले भने– ४ वर्षीया नाबालिकालाई गाडीले ठक्कर दिएको हो, मैले होइन, प्रहरीले भन्यो– यही भन्नु भो

    काठमाडौं– रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले प्रयोग गर्ने कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएपछि घटना विवादित बनेको छ ।

    बिहीबार दिउँसो करिब साढे २ बजे इशनाथ नगरपालिका–४ मठिया टोलमा बा १५ च ४२४४ नम्बरको कारले अल्फा खातुनलाई ठक्कर दिएको थियो ।

    सामाजिक सञ्जालमा सार्वजनिक सिसिटिभी फुटेजमा बालिका सडक काट्ने क्रममा कारले ठक्कर दिँदा लडेको र पछाडिको पांग्राले किचेको देखिन्छ ।

    कारमा रास्वपाका उम्मेदवार शेख सगिर सवार रहेको दाबी भए पनि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले दुर्घटनाका बेला उम्मेदवार गाडीमा नभएको बताएका छन् ।

    चालक परोहा नगरपालिका निवासी २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    उम्मेदवार सगिरले गाडी आफ्नो नाममा रहेको स्वीकार गर्दै दुर्घटनाका बेला आफू घरदैलो कार्यक्रममा व्यस्त रहेको दाबी गरेका छन्। दुर्घटनापछि चालकले बालिकालाई अस्पताल पुर्‍याए

    पनि केही समय सम्पर्कविहीन भएको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images