images
images
  • प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभामा सामाजिक सञ्जाल विधेयक प्रस्ताव प्रस्तुत गर्दै

    काठमाडौं– सरकारले सङ्घीय संसद्मा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिने तयारी गरेको छ ।

    राष्ट्रिय सभाको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री तथा सञ्चारमन्त्री सुशीला कार्कीले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार उक्त विधेयक फिर्ता लिन लागिएको हो ।

    आजकै बैठकमा प्रधानमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पनि पेश गर्नेछिन्, जसअघि समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

    त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्याबारे अध्ययन प्रतिवेदनमाथि छलफल गर्नेछ भने विधायन व्यवस्थापन समितिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमाथि दफावार छलफल हुने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images