images
images
  • अपडेट– बैतडीमा पवनदूतले लियो १३ जनाको ज्यान

    धनगढी– बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेमा बिहीबार साँझ विवाह सकिएपछि जन्ती बोकेको बस बझाङ फर्किने क्रममा दुर्घटनामा पर्दा १३ जनाको मृत्यु भएको छ ।

    पवनदूत यातायातको सु.प.प्र. ०२–००१ ख १११९ नम्बरको बस बडगाउँको घुम्तीबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटना साँझ साढे ७ देखि ८ बजेको बीचमा भएको हो ।

    प्रहरीका अनुसार बस मोडमा ब्याक गर्ने क्रममा अनियन्त्रित भई भिरमा खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    दुर्घटनाका बेला बसमा करिब ५० जना सवार थिए ।

    चालक सामान्य घाइते भएका छन् र प्रहरी नियन्त्रणमा छन् ।

    दुर्घटनामा बेहुलाका आफन्तसहित एकै परिवारका दाजुभाइ, बाबु–छोरा र किशोरसमेत परेका छन्, जसले बझाङ र बैतडी दुवै जिल्लामा शोक छाएको छ ।

    बेहुला–बेहुली भने छुट्टै कारमा भएकाले सकुशल रहेका छन्, तर मानसिक रूपमा आघातमा छन् ।

    प्रहरी विवरणअनुसार ६ जनाको घटनास्थलमै, २ जनाको स्वास्थ्य चौकीमा र ५ जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

    घाइतेमध्ये ७ जनालाई धनगढी रिफर गरिएको छ भने अन्यको डडेल्धुरा र बझाङमा उपचार भइरहेको छ ।

    प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images