images
images
  • आफैलाई भोट हाल्न नपाउने घुमुवा उम्मेदवार नै प्रधानमन्त्रीका दाबेदार, को–को हुन् उनीहरू ?

    काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीका दाबेदारसहित धेरै चर्चित नेताहरूले आफैंलाई भोट हाल्न नपाउने भएका छन् ।

    किनकी उनीहरू उम्मेदवार बनेको निर्वाचन क्षेत्र र मतदाता नामावली रहेको क्षेत्र फरक–फरक हुनु हो ।

    काठमाडौं महानगरपालिकाका मतदाता रहेका बालेन्द्र शाह झापा–५ बाट उम्मेदवार बनेका छन् भने केपी शर्मा ओली पनि झापा–५ बाटै चुनाव लड्दै आए पनि उनको मताधिकार भक्तपुर–२ मा छ ।

    गगन थापा काठमाडौं–४ का मतदाता भए पनि सर्लाही–४ बाट उम्मेदवार छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट उम्मेदवार भए पनि उनको मताधिकार चितवनमा छ ।

    यस्तै रवि लामिछाने चितवन–२ बाट उम्मेदवार भए पनि काठमाडौं–३ का मतदाता हुन् ।

    प्रदीप पौडेल काठमाडौं–५ बाट उम्मेदवार भए पनि तनहुँ–२ का मतदाता हुन् ।

    रविन्द्र मिश्र काठमाडौं–१ मा चुनाव लड्दै आए पनि उनको मताधिकार ललितपुर–३ मा छ ।

    डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार भए पनि गोरखाका मतदाता हुन् भने राजिव खत्री भक्तपुर–२ बाट उम्मेदवार भए पनि काठमाडौं–४ का मतदाता हुन् ।

    आफ्नो मताधिकार भएको क्षेत्रबाहिर उम्मेदवार बन्ने प्रवृत्तिलाई स्थानीयले ‘टुरिस्ट उम्मेदवार’ भन्दै आलोचना गर्दै आएका छन्, यद्यपि कानुनले भने देशको जुनसुकै क्षेत्रबाट चुनाव लड्न छुट दिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images