काठमाडौं– मस्को र किएभले अबुधाबीमा भएको वार्ताका क्रममा यस खास समस्या मानिएको भौगोलिक समस्याका विषयमा तत्काल कुनै प्रगतिको सङ्केत नदेखिएको युक्रेनी अधिकारीले बताएका छन् ।
वार्ताका क्रममा दुबै पक्षले ३०० भन्दा बढी कैदीबन्दी आदानप्रदान गर्न सहमति जनाएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको बारेमा किएभमा एक पत्रकार सम्मेलनमा भने, ‘हामी छिट्टै परिणाम चाहन्छौँ, यो पक्कै पनि सजिलो छैन, तर युक्रेन सकेसम्म रचनात्मक भएको छ र रहनेछ ।’
युद्ध समाप्त गर्न एक व्यापक सम्झौताको खोजीका लागि सफलताको आशा धमिलो पारेको ‘महत्वपूर्ण’ काम अझै बाँकी रहेको अमेरिकी मध्यस्थकर्ता स्टिभ विटकोफले बताएका हुन् ।
हजारौँको ज्यान लिएको, लाखौँ मानिस विस्थापित भएको साथै र पूर्वी तथा दक्षिणी युक्रेनको अधिकांश भाग ध्वस्त भएको दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्धलाई रोक्ने कूटनीतिक प्रयासमा अबुधाबीे वार्ता समस्या समाधानका लागि भएको पछिल्लो प्रयास हो ।
वार्ता चलिरहेको बेला पनि रूसले युक्रेनको उर्जा उत्पादन र आपूर्तिका लागि बनेका संरचनामा आक्रमण गर्दा युक्रेनको राजधानीको ठूलो भाग अझै पनि विद्युतविहीन अवस्थामा रहेको छ ।
शून्यभन्दा कम तापक्रममा त्यहाँका नागरिक विद्युतविहीन अवस्थामा दिन रात विताउनुपरेको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोले यस हप्ताको सुरुमा रूसी हमलामा एक महत्वपूर्ण पावर स्टेशन ध्वस्त भएपछि एक हजारभन्दा बढी अपार्टमेन्ट ब्लकहरूमा दुई महिनासम्म विद्युत् पुर्याउन कठिन हुनसक्ने चेतावनी दिएका छन् ।


विश्व खबर 


















