images
images
  • उकालो र साँघुरो बाटोमा मोड नपुगेपछि ब्याक गर्दा भीरबाट खसेको थियो जन्ती बोकेको बस

    काठमाडौं- बैतडीमा बिहीबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परी बेहुलाका घर परिवारका सदस्य र आफन्त सहित १३ जनाले ज्यान गुमाए।

    बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका-७ भौनीबाट बेहुली लिएर घर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट सु.प्र ०२-००१ ख १११९ नम्बरको बस बस सडकबाट झन्डै सय मिटर तल खसेको थियो।

    दुर्घटनालगत्तै फरार रहेका बसका चालक कञ्चनपुरको भिमदत्त नगरपालिका – ७ हल्दुखालका ४२ वर्षीय वीरेन्द्र बुढालाई प्रहरीले शुक्रबार बिहानीपख नियन्त्रणमा लिएको छ।

    चालक बुढाले घुम्तीमा कटिङ नपुगेपछि ब्याक गरी मोड कटाउन खोज्दा बस भीरबाट खस्न पुगेको बताएको बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायले बताए।

    ‘साँघुरो र उकालो बाटोमा बस मोड्न खोज्दा कटिङ पुगेन,’ चालकको भनाइ उद्धत गर्दै डिएसपी रायले भने,’ गाडी ब्याक गर्नुपर्ने भयो। ब्याक गर्दा ब्रेकले काम गरेन र गाडी खस्न पुग्यो।’

    साँघुरो बाटो र ओभरलोडका कारण दुर्घटना भएको भनिएको छ। बस बैतडीको पुर्चौंडीबाट बेहुली लगेर बझाङको सुनकुडातर्फ फर्कदै गर्दा मोडबाट खसेको थियो ।

    दुर्घटनामा ३४ घाइतेमध्य गम्भीर रहेका पाँच जनालाई थप उपचारका लागि कैलालीको धनगडीका लागि रेफर गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images