images
images
  • कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी चार वर्षीया बालिकाको मृत्यु

    काठमाडौं- रौतहटको इशनाथ नगरपालिका–४ मठियाटोलमा आज कारको ठक्करबाट बाटोमा खेल्दै गरेकी बालिकाको मृत्यु भएको छ ।

    बा१५च ४२४४ नम्बरको कारले ठक्कर दिँदा इशनाथ–४ मठियाटोलकी चार वर्षीया अल्फा खातुनको मृत्यु भएको हो ।

    घाइते खातुनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार कारका चालक फरार रहेकाले उनको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images