काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न समय तोकेको फागुन ४ गते अगाडि नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सातै प्रदेशमा पुग्ने भएका छन् ।
पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने उपसभापति पुष्पा भुसालले जानकारी दिइन् ।
उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक हुन् ।
‘पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, उम्मेदवार र नेता कार्यकर्तासँग सम्वाद गर्न र पार्टीको अवस्था पहिचान गर्न सातै प्रदेशमा फागुन ४ गतेभित्र जाँदै हुनुहुन्छ,’ उपसभापति भुसालले भनिन्, ‘यो क्रम मधेस प्रदेशबाट सुरु भएको छ । शुक्रबार गण्डकी प्रदेशमा जाने कार्यक्रम तय भइसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्























