चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

विश्व खबर

@BishwoKhabar

२०७८ असार ३० गते बुधबार ०६:५०

काठमाडौं । आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावकै कारण आज विहानैदेखि देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का...

काठमाडौं । आज पनि देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । मनसुनी वायुको प्रभावकै कारण आज विहानैदेखि देशभर सामान्य बदली रही प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको अनुरोध छ ।

प्रकाशित मिति २०७८ असार ३० गते बुधबार ०६:५०
प्रतिक्रिया दिनुहोस
  • ncell

  • ninm

  • nic asia