images
images
  • युवा संघले युथ फोर्स व्युताएको घोषणा

    काठमाडौं । सर्वोच्चको आदेशसंगै सरकार छोड्न बाध्य भएको नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स ब्यूँताएको छ ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच युवा संघले युथ फोर्स व्युताएको घोषणा गरको हो । युथ फोर्सको प्रमुखको जिम्मेवारी युवा संघका वरिष्ठ उपाध्यक्ष क्षितिज थेवेलाई दिइएको छ । यस्तै, उपप्रमुखमा पुष्प श्रेष्ठलाई चयन गरेको छ ।

    युथ फोर्समा ५०१ सदस्यीय रहने युवा संघका संस्थापक अध्यक्ष महेश बस्नेतले जानकारी दिए।उनले अहिले संविधानमाथि नै खतरा पैदा भएकाले युथ फ्रोर्सले बिभिन्न अभियान जनतामाझ लैजाने बताए ।

    अदालतले केपी ओलीलाई प्रधानमन्त्रीबाट अटाएपछि अवको केहि समयमा नै पुन एमालेको सरकार बन्ने उनले दावी गरे।त्यस्तै लोकतन्त्र र संविधानलाई जोगाउका लागि आफ्नो प्रभावकारी भूमिका देखाउन युथ फोर्सलाई निर्देशन दिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images