images
images
  • बालेनले मात्रै प्रयोग गरेको महानगरको लिफ्ट अब सर्वसाधारणको पहुँचमा

    काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) ले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको छ।

    आइतबारबाट उक्त लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको महानगरले जनाएको छ। कार्यवाहक मेयर सुनिता डङ्गोलको निर्देशनमा लिफ्ट सेवाग्राहीका लागि खुला गरिएको हो।

    सुन्धाराको जेडीए कम्प्लेक्समा रहेको महानगर कमलादीस्थित सो भवनमा सरेपछि उक्त लिफ्ट बनाइएको थियो।बालेनले आफ्नो पासवर्ड राखेर आफूले मात्रै प्रयोग गर्ने गरेका थिए। महानगरको कार्यालयको पार्किङ एरियामा रहेको उक्त लिफ्टको छेउछाउ पनि कोही पुग्न पाउँदैन थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images