images
images
  • आफ्नो सेनापतिलाई हराएर जित्यौं भन्दै सगौरव घर फर्कने : कमल थापा

    काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले एमालेको माधव नेपाल पक्षका २३ सांसदप्रति लघुकथामार्फत व्यंग्य गर्दै विरोधीलाई जिताएर सगौरव घर फर्केका सेनानीको संज्ञा दिएका छन् ।

    थापाले को जित्यो को हार्‍यो रु भन्दै एउटा देशको सेनापतिसँग असन्तुष्ट भएका २३ सेनानी विदेशी फौजसँग मिल्न गएको र सबैको सहयोग लिएर सेनपातिलाई पराजित गरेपछि सगौरव घर फर्केको विम्व प्रयोग गरेर सामाजिक सञ्जालमा लधुकथा लेखेका छन् ।

    थापाले सामाजिक सञ्जालमा लेखेको लघुकथा यस्तो छ, ‘एकादेशमा एउटा देशको सेनापतिसँग २३ जना सेनानीहरु असन्तुष्ट भएछन्। ति असन्तुष्ट सेनानीहरू विदेशी फौजसँग मिल्न गए। अनि ‘पञ्च भलादमी’समेतको सहयोग लिएर आफ्नो सेनापतिलाई पराजित गरेपछि विद्रोही सेनानीहरु ‘जित्यौँ,जित्यौँ’ भन्दै सगौरव घर फर्केछन्

    राप्रपा अध्यक्ष थापाले ताजा जनादेशले मात्र मुलुकलाई निकास दिने धारणा निरन्तर व्यक्त गर्दै आएका छन् । उनले सर्वोच्चको सोमवारको फैसलालाई ‘गोरु व्याएको’ भन्दै व्यंग्य गरेका थिए ।

    Kamal Thapa status

    प्रतिक्रिया दिनुहोस्
    images
    images