काठमाडौं– इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दिएको ‘क्षेत्रीय युद्ध’को चेतावनीबारे अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
बीबीसीको रिपोर्टअनुसार मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई खामेनीको चेतावनीबारे प्रश्न सोधिएको थियो ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘त्यो त उनले भन्नै पर्ने कुरा हो । तर, हाम्रो त्यहाँ विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली जहाज तैनाथ छ ।’
ट्रम्पले थपे, ‘आशा छ, केही दिनभित्रै हामीबीच सम्झौता हुनेछ । यदि भएन भने त्यसपछि थाहा हुनेछ, उनी सही छन् कि छैनन् ।’
यसअघि अमेरिकाले यूएसएस अब्राहम लिंकनसहितका युद्धपोत अरब सागरमा पठाएर इरानविरुद्ध सैन्य दबाब बढाएपछि खामेनीले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘अमेरिकाले बुझ्नुपर्छ, यदि उसले युद्ध सुरु गर्यो भने यो केवल दुई देशबीच सीमित रहने छैन, क्षेत्रीय युद्धमा परिणत हुनेछ ।


विश्व खबर 



















