काठमाडौं– इरान र अमेरिकाबीच बढ्दो भू–राजनीतिक तनावबीच नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षालाई मध्यनजर गर्दै इरानका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
सरकारले इरानमा रहेका नेपाली नागरिकलाई सम्भव भएसम्म सुरक्षित स्थानतर्फ सर्न तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो ।
सरकारका अनुसार एडभाइजरी कुनै विशेष आपतकालीन सूचनाको आधारमा नभई सतर्कताका लागि जारी गरिएको हो । ‘त्यहाँको कुनै ठोस सुरक्षा खतरा सम्बन्धी सूचना प्राप्त भएको हिसाबले होइन, नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षात्मक उपायस्वरूप एडभाइजरी जारी गरिएको हो,’ सम्बन्धित अधिकारीले बताएका छन् ।
ती अधिकारीका अनुसार हाल इरानमा रहेका नेपाली नागरिकको अवस्था सामान्य रहेको छ । हाम्रो जानकारीअनुसार इरानमा करिब १० जना नेपाली छन् ।
प्रतिक्रिया दिनुहोस्























