images
images
  • सर्वोच्च अदालतको फैसला स्वागतयोग्यः नेता भट्टराई

    काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएको हो ।

    “सर्वोच्च अदालतको संवैधानिक बेन्चद्वारा प्रतिनिधिसभाको पुनस्र्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु”, उनले फेसबुकमा लेखेको छ, “बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चिततासहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images