images
images
  • एमाले नेता स्व.पशुपति चौलागाईको परिवारलाई अस्पतालको तनाव, तीन दिन आइसीयुमा राखेको ४ लाखको बिल

    काठमाडौं । नेकपा (एमाले) मा योगदान अनुसारको अवसर नपाई मृत्युबरण गरेका पशुपति चौलागाईलाई उनी सेयरधनी रहेको मनमोहन अस्पतालले नै अमानवीय ब्यवहार देखाएको छ ।

    स्व. चौलागाई कोभिड संक्रमित २०७८ बैशाख तेस्रो साता मनमोहन अस्पताल भर्ना भएका थिए । उनी मनमोहन अस्पतालमा ५ दिन सामान्य शैया(बेड) मा र ३ दिन आइसीयुमा बसेका थिए । समयमै भेन्टिलेटरमा नराखेका कारण उनको मृत्यु हुन गयो । उपचारकै क्रममा उनको २०७८ बैशाख २८ मा निधन भयो ।

    चौलागाईको निधन भएपछि मनमोहन अस्पतालमा वीमा दाबीका लागि उनका छोरा सुमन चौलागाई मृत्युको प्रमाणपत्र लिन जाँदा मनमोहन अस्पतालले करिब ४ लाख रुपैयाँ बराबरको बिल थमायो । त्यो बिल भुक्तानी नगरेसम्म मृत्युको प्रमाणपत्र नदिएपछि सुमनले खोजखाज गरेर तिरेका थिए ।

    स्व.चौलागाई बिरामी भएपछि सधैं उपचारका लागि आफ्नो सेयर रहेको मनमोहन अस्पतालमै जाने गरेका थिए ।

    कोभिड संक्रमित भएपछि पनि उनलाई परिवारले अर्कै अस्पतालमा भर्ना गर्न खोज्दा उनले नै मनमोहन अस्पतालमै जाने भनेपछि लगिएको थियो । तर मनमोहनले उनको उपचार त राम्रेसँग गरेन नै, उल्टै मृत्युपछि ३ दिन आइसियुमा राखेको ४ लाख बिल थमाएर शोकाकुल परिवारलाई थप मर्माहत पार्ने काम गरेको छ ।

    मनमोहन अस्पतालका अध्यक्ष एमालेका नेता राजेन्द्र पाण्डे हु्न् । चौलागाई र पाण्डे दुवै बागमती प्रदेशसभाका सांसद हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images