images
images
  • हिन्दु पत्नीलाई धर्म परिवर्तन गर्न दबाब दिएका उपराष्ट्रपति विवादमा

    काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नी हिन्दु पत्नी उषा भान्सले आफ्नो धर्म त्यागेर इसाई बन्ने इच्छा व्यक्त गरेपछि तीव्र आलोचनाको केन्द्रमा परेका छन् ।

    भान्सले यो टिप्पणी मिसिसिपीस्थित विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा गरेका हुन्, जुन इसाई रूढिवादी कार्यकर्ता चार्ली कर्कद्वारा स्थापना गरिएको समूह ‘टर्निङ पोइन्ट यूएसए’ले आयोजना गरेको थियो ।

    कार्यक्रमका क्रममा एक विद्यार्थीले उषाको धार्मिक पृष्ठभूमिबारे सोधेको प्रश्नको उत्तर दिँदै उनले उक्त टिप्पणी गरेका थिए ।

    भान्सका अनुसार, उनकी पत्नी खासै धार्मिक नभएको हिन्दु परिवारमा हुर्केकी थिइन् ।

    उनले आफ्नो परिवारमा धार्मिक विषयमा सधैँ खुला संवाद हुने गरेको र उनीहरूका दुई सन्तान इसाई विद्यालयमा पढिरहेका बताएका थिए ।

    भान्सले उनकी पत्नी चर्चमा जाने गरेको र क्याथोलिक धर्ममा रूपान्तरण हुन सक्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images