काठमाडौं – प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ६७८ पुगेको छ । शनिबार सार्वजनिक स्वास्थ्य अधिकारीहरूको तथ्यांकअनुसार देशभर हालसम्म ११ हजार ६१३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ५ हजार ६७८ जनाको मृत्यु भएको छ । यसअनुसार संक्रमणबाट मृत्यु हुने दर ४८.९ प्रतिशत पुगेको छ । हालसम्म ३ हजार १४८ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ हजार ७४३ जना उपचार वा क्वारेन्टिनमा रहेका छन् ।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान तथा निगरानी गर्ने दर ८२.६ प्रतिशत रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
गत मे १५ मा घोषणा गरिएको यो प्रकोप बुन्डिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो । यो डीआर कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको छ ।






















