images
images
  • सुर्खेतमा छोराले गरे आमाको हत्या

    काठमाडौं– सुर्खेतमा छाेराकाे कुटाइबाट आमाकाे मत्यु भएकाे छ ।

    शुक्रबार बिहान ७ बजेको समयमा जिल्लाकाे भेरीगंगा नगरपालिका– १२, मसिनाटोलका अन्दाजी ३०/३५ वर्षका कबिराम बस्नेतले आफ्नै ५० वर्षीय आमा धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा टाउकाेमा फरुवा प्रहार गरी घाइते बनाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक माेहनजंग बुढथापाका अनुसार फरुवा प्रहारबाट गम्भीर घाइते भएकी धनिकलाकाे उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएकाे हाे ।

    घटनालगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएकाे प्रहरीले घटनामा संलग्न मृतकका छोरा कबिरामलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएकाे प्रवक्ता बुढथापाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images