काठमाडौं– काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।
महानगरले अहिले थापाथलीस्थित आश्रम आसपास बनेका अनधिकृत संरचना हटाइरहेको छ ।
झरीका बाबजुत नगरप्रहरीको टोलीसहित खटिएको टोलीले अनधिकृत संरचना भत्काइरहेको हो ।
महानगरले आज बिहान जरुरी सार्वजनिक सूचना निकाले महानगरभित्र अतिक्रमित जग्गा र ती जग्गामा बनेका संरचना सात दिनभित्र खाली गर्न चेतावनी दिएको छ ।
महानगरले उक्त चेतावनीसँगै अनधिकृत संरचनामाथि डोजर चलाएको हो ।
महानगरका प्रमुख बालेन शाहले यस अभियानलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























