images
images
  • नर्सहरू विरामी उपचार गर्न छाडेर किन भए आन्दोलित ? यस्तो छ कारण

    काठमाडौं– नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् ।

    शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

    सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

    सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ ।

    उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ ।

    शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images