images
images
  • उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दै

    काठमाडौं– उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ ।

    यो समिति निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा छ ।

    आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो ।

    निर्वाचन आयोगकै कार्यालयमा दिउँसो हुने छलफलमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, सुरक्षा निकायका अधिकारीहरू सहभागी हुनेछन् ।

    निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार समितिले निर्वाचन सुरक्षाको विषयमा छलफल गर्नुका साथै आवश्यक रणनीति समेत तय गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images