images
images
  • खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध

    काठमाडौं– खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ ।

    बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, तुम्लिङटार र भरतपुर विमानस्थलमा उडान अवरुद्ध भएको छ ।

    मौसमको खराबीका कारण न्यून मात्रामा मात्रै आन्तरिक उडान भइरहेको छ ।

    पोखरा विमानस्थलमा शुक्रबार पौने ११ बजे विमानस्थल खुले पनि पुन अवरुद्ध भएको छ ।

    तर अहिले झापाको भद्रपुर विमानस्थल भने खुला भएको छ ।

    यो बाहेक आन्तरिक उडानमा तुम्लिङटार र भरतपुर विमानस्थलको अवरुद्ध कायम रहेको बुद्ध एयरका प्रवक्ता वीरेन्द्र कर्णले बताए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक विमानस्थलमा ढिला हुँदा यात्रुको चाप बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images