images
images
  • अविरल वर्षाका कारण देशभरिका १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचीसहित)

    काठमाडौं– अविरल वर्षाका कारण देशभरिका १० वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार इलामस्थित मेची राजमार्गमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ ।

    निषेध गरिएका कारण उक्त राजमार्ग पूर्ण अवरुद्ध रहेको इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए ।

    संखुवासभा भोटखोला गाउँपालिका-४ बरुणखोलास्थित कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ ।

    पाँचथरमा अविरल वर्षाका कारण तमोर करिडोर सडक पूर्ण अवरुद्ध छ ।

    ओखलढुंगाको मानेभञ्ज्याङस्थित सिद्धिचरण राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    यसैगरी, बागमती प्रदेशस्थित काभ्रेमा बीपी राजमार्ग, रसुवामा पासाङल्हामु सडक र नेपाली-चीन जोड्ने सडक, सिन्धुलीको मध्यपहाडी लोकमार्ग अवरुद्ध छ ।

    गण्डकी प्रदेशको मुस्ताङस्थित जोमसोम-कोरोला सडक र म्याग्दीको बेनी-दरवाङ सडक पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

    पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँची सन्धिखर्क नगरपालिका-६ माथिल्लो रिब्दीस्थित सन्धिखर्क-गोरुसिंगे सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

    574114839 1142198171376038 2010747538510856464 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images