images
images
  • बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक

    काठमाडौं– बीपी राजमार्गमा आज राति पनि सवारी आवागमनमा रोक लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले रातिको समयमा दुई दिनका लागि सवारी आवागमनका रोक लगाएको हो ।

    प्रशासनका अनुसार, हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको थियो ।

    आज पनि साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म बीपी राजमार्गको खुर्कोट बजारबाट काठमाडौंतर्फ जाने सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

    भारी वर्षाको सम्भावना रहेकाले रातको समयमा सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images